देश/प्रदेश
महानगरपालिकाले खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने
०

काठमाडौँ, असोज २०-
काठमाण्डौ महानगरपालिकाले खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
दशैँका लागि किनबेच हुने खसीबोकालगायत चौपायाको यही २३ गते मङ्गलवारदेखि नै अनुगमन र स्वास्थ्य परीक्षण गर्ने महानगरले जनाएको हो ।
कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्ने तयारी महानगरको छ । अनुगमन समितिका संयोजकसमेत रहेकी उपमेयर सुनिता डङ्गोलको संयोजकत्वमा महानगरको कृषि तथा पशुपक्षी विभाग, प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपायाको परीक्षण हुने महानगरको कृषि विभाग प्रमुख डा. अवधेश झाले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























