देश/प्रदेश
सैनिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
०

काठमाडौं, असोज १९-
काठमाडौंको भद्रकालीमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको ज्यान गएको छ । ठक्करबाट काठमाडौं चाहाचल बस्ने ३२ वर्षकी चालक आकृति शर्माको मृत्यु भएको हो ।
बिहीबार साँझ साढे ७ बजे भद्रकाली नजिक सभागृह मोडमा आर्मीका चालक हुद्धा महोमद नुरेन देवानले चलाएको प्र ३-०१-००१ ग ३६०५ नम्बरको ७.५ ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।
बाप्र-०२-०१८ प ९२७७ नम्बरको स्कुटर ट्रकसँग ठोक्किँदा घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे चिकित्सके मृत घोषणा गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























