समाचार

प्रधानमन्त्रीलाई माधव नेपालको पत्रः आर्थिक मन्दीका कारण अराजकता बढ्यो

Banner

काठमाडौं असोज १३-
नेकपा एकीकृत समाजवादीले देशमा आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–साँस्कृतिक द्वन्द्व पनि देखा परेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउँदै मुलुकको मुख्य समस्या आर्थिक मन्दी रहेको र त्यसकै कारण समाजमा निराशा, कुण्ठा, अराजकता विस्तार भएको बताएका छन् ।

देशमा देखिएका संकटको समाधानका लागि सरकारले गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुने एकीकृत समाजवादीले ठहर गरेको छ ।

सरकारले भ्रष्टाचार र सुशासनका पक्षमा लिएका कदमको जनस्तरबाट समर्थन भए पनि आर्थिक क्षेत्रको समस्या समाधानमा भने सरकारको ध्यान नपुगेको एकीकृत समाजवादीले बताएको छ ।

उत्पादन र आयात घटेको, युवा र दक्ष जनशक्ति विदेश पलायन भएको, पुँजीगत खर्च घटेको, बैंकमा पर्याप्त रकम भए पनि ब्याजदर बढी भएर लगानी घटेको उसको दाबी छ । उद्योग व्यवसाय आम रुपमा घटेको, उद्योगी व्यवसायीमा निराशा देखिएको र रोजगारी गुम्दै गएको पनि ध्यानाकर्षणपत्र पत्रमा उल्लेख गरिएको छ ।

विज्ञप्ती

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>