चितवन विशेष

चितवनमा डेँगु संक्रमितको संख्या ४६७ पुग्यो, बिगत २४ घण्टामा चार जना संक्रमित

Banner

चितवन, असोज ११

चितवनमा डेँगु संक्रमितको संख्या ४६७ पुगेको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि असोज ११ गतेसम्ममा ती संक्रमित भएको पाइएको हो ।

चितवनमा बिगत २४ घण्टामा चार जना संक्रमित भेटिएका छन् । जसमा भरतपुरका दुई जना, रत्ननगरका एक जना र राप्तीका एक जना रहेका छन् । अहिलेसम्म संक्रमित भएका ४६७ जनामध्ये भरतपुर महानगरपालिकाका १४२ जना, खैरहनी नगरपालिकामा ५२ जना, माडी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिकामा ६७ जना, राप्ती नगरपालिकामा ३२ जना, कालिका नगरपालिकामा ७ जना, ईच्छाकामना गाउँपालिकामा पाँच जना, ठेगना नखुलेको ४६ जना र अन्य जिल्लाबाट ११२ जना रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>