समाज

दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ

Banner

काठमाडौं, असोज ११-

दोलखामा प्रहरीले चार किलो सुन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले बुधबार अन्दाजी चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार सुनसहित तीन जना पक्राउ पनि परेका छन् । पक्राउ परेकाहरु दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको स्रोतले बतायो ।

यसबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । इलाका प्रहरी कार्यालय सिंगटी स्रोतले भने सुनजस्तो देखिने चार पिस पहेंलो धातु बरामद भएको जनायो । उक्त पहेंलो धातु परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ ।

सुन परीक्षण गर्न प्रहरीले सुन चाँदी व्‍यवसायी महासंघमा पठाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>