शिक्षा

सीसीटीको जब फेयरमा विद्यार्थी उत्साहजनक सहभागिता

Banner

चितवन, असोज ११–

भरतपुर महानगरपालिका–१२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी (सिसिटी)मा पहिलो पटक जब फेयर सम्पन्न भएको छ। बुधबार कलेज परिषरमा विद्यार्थीको उत्साहजनक सहभागिता सहित जब फेयर सम्पन्न भएको हो । जागिर (जब)को लागि करीब दुईसय जनाले आवेदन दिएको कलेजले जनाएको छ ।

कलेजका प्रिन्सिपल रवि तिवारीले कलेजमा सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीलाई पढ्दै कमाउंँदै गर्ने अवसर दिन उक्त जब फेयरको आयोजना गरिएको जानकारी दिए । ‘विद्यार्थीले स्वदेशमै पढेर स्वदेशमै आकर्षक जागिर पाउन् भन्ने हाम्रो उद्धेश्य हो’, तिवारीले भने, ‘जसले गर्दा दक्ष जनशक्ति बाहिर नजाउन र यहांँका कम्पनीले पनि दक्ष जनशक्तिको लागि बाहिर खोज्न नपरोस् ।’

जब फेयरमा १५ वटा आईटी कम्पनीको स्टलले आवेदन माग गरेका थिए । मेलामा टेकमाईन्ड नेटवर्क प्रालि, भायानेट, डायनामिक टेक्नोसफ्ट, एस्ट्रानिक्स, हर्टसन, बिहानिटेक, आस्ट्रीक, देवसाईन, ड्रीमटेक नेपाल प्रालि लगायतका कम्पनीले जबको लागि आवेदन माग गरेका हुन् ।

मेलामा कलेजका बिसिए, बिआईम र बिएससिसिएसआईटी पढ्दै गरेका र पढाई सकेर बसेका विद्यार्थीलाई लक्षित गरिएको हो । विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाहरुका साथै जबका लागि बाटो खोल्न पनि जब फेयर उपलब्धि मुलक रहेको उनको भनाई छ । कलेजले हरेक वर्ष जब फेयर लाई निरन्तरता दिने समेत बताएको छ ।

जब फेयरमा रोजगार दिने कम्पनीहरुले सफ्टवेयर निर्माण , डिजाईन, वेफसाईट डेभलभमेन्ट, फ्रन्ट अफिसर, मोबाई एप डिभलपमेन्ट लगायतका जबहरु माग गरिएको थियो । त्रिभुवन विश्वविद्यालयमा सम्बन्धन प्राप्त सो कलेजमा हाल बिसिए, बिआईम र बिएससि सिएसआईटीका कक्षाहरु सञ्चालन भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>