समाचार

अभियन्ता ईः को आन्दोलन स्थगित, महानगरपालिका संग चार बुँदे सहमति

Banner

काठमाडौं असोज १०
साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै प्रदर्शनरत ईः र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ । मंगलबार भएको वार्तामा चार बुँदे सहमति पत्र तयार भएको थियो । तर, अन्तिम अर्थात चौथो बुँदामा कुरा नमिल्दा वार्ता भाँडिएको थियो ।

बुधबार फेरि भएको छलफलपछि चौथो बुँदालाई थप संशोधन गरेर सहमति जुटाइएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । सहमतिपछि प्रदर्शनरत ईःले ९ बजे पत्रकार सम्मेलन गरेर आन्दोलन स्थगनको घोषणा गर्दैछन् । मंगलबार भएको सहमतिको पहिलो बुँदामा, ८ दिनदेखि राष्ट्रियसभा गृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र सहभागीका अन्यको स्वास्थ्य लाभको काम गर्दै प्रदर्शन स्थगित गर्ने भनिएको थियो ।

दोस्रोमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरको स्टोरमा भएसम्म यकिन गरेर सम्बन्धित धनीलाई फिर्ता गर्ने भनिएको थियो । तेस्रो बुँदामा, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउन सुझाव दिने गरी एउटा अध्ययन समिति बनाउने भनिएको थियो ।

समितिमा महानगरले तोकेका ३ जना, ईःका तर्फबाट दुई प्रतिनिधि, भौतिक तथा यातायात मन्त्रालयका एक प्रतिनिधि, शहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीबाट एकरएक जना प्रतिनिधि रहने भनिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>