देश/प्रदेश

‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित

Banner

पोखरा, असोज १०-

प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठलाई निमलम्बन गरिएको छ । डाक्टरहरूलाई साफ चुटेर आएँ’ भन्दै बिरामी आफन्तको भीडलाई उक्साएका इन्स्पेक्टर श्रेष्ठलाई निमलम्बन गरिएको हो । उनले मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा ‘डाक्टरहरूलाई साफ चुटेर आएँ’ भन्दै भीडलाई उक्साएका थिए ।

श्रेष्ठलाई तत्काल अनुसन्धानका लागि निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए । मणिपाल पुगेर फर्किएपछि उनले मृतकका आफन्तको भिडमा पुगेर अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर’ आएको बताएका थिए । आफ्नो कुटाइबाट डाक्टर रगताम्मे भएको समेत श्रेष्ठले विवादास्पद अभिव्यक्ति दिएका थिए ।

मणिपालमा शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जनाएका छन् ।

सोमबार मणिपाल अस्पतालमा उपचाररत ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो । स्रोतः नेपाल प्रेस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>