देश/प्रदेश

समिट एयरले मुगुको विमानस्थलमा छाडेका चिकित्सलाई लिन पठायो नेपाल वायु सेवा निगमको जहाज 

Banner

काठमाडौं, असोज ९-

समिट एयरले मुगुको ताल्चा विमानस्थलमा छाडेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ। टिकट लिइसकेका चिकित्सकहरूलाई समिटको जहाजले छाडेर नेपालगञ्ज विमानस्थल उडेको थियो। विमानस्थलमा १६ जना चिकित्सक छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले छुटेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको बताए। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दुस्खित बनायो। गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>