क्रिकेट

एसियाली खेलकुदका लागि चीनतर्फ लागे सन्दीप लामिछाने

Banner

काठमाडौं,असोज ९- 

क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद ९एसियाड० का लागि चीनतर्फ लागेका छन् । एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए ।

आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन् । आफू मानसिक रुपमा तयार नभएको सन्दीपले बताएका थिए । तर क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि उनी मंगलबार चीनतर्फ लागेका हुन् ।

एसियाली खेलकुदको क्रिकेटमा नेपालले भोलि बुधबार मंगोलियासँग खेल्दै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>