देश/प्रदेश
घर बनाउने क्रममा ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु
०

रेसुङ्गा, असोज ८ –
गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्वर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्वर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।
यसैगरी सोही पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका वडा नम्वर ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका थिए। मृतकको शब पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



















