खेलकुद

न्यायाधीश अभावका कारण सन्दीप विरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

Banner

काठमाडौँ, असोज ७-

न्यायाधीश अभावका कारण आज पनि क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा असोज १ गते न्यायाधीश अभावका कारण पेशी नचढी स्थगित भएको मुद्दा आज पनि सोहि कारण स्थगित भएको हो । यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पुनः पीडितको जन्मदर्ता प्रमाणीत गर्न आदेश दिएकी थिइन्।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार गोला प्रथाबाट इजलास तोकिँदा सन्दीप विरूद्धको मुद्दा आज उपस्थित न्यायाधीशहरू कसैकोमा पनि नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज अदालतका ३० फाँटमध्ये १५ वटा फाँट मात्रै इजलास बस्नेछ र न्यायाधीशहरू नभएका कारण १५ वटा फाँटमा भने इजलास नबस्ने उनले बताए।

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>