क्रिकेट

आज सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, एसियाड खेल्न जान पाउलान् ?

Banner

काठमाडौ,असोज ७-

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको छ । यो प्रकरणको सुनुवाइको सबै प्रक्रिया सकिएर फैसला आउने बेला भए पनि विभिन्न बाहाना बनाएर फैसलामा ढिलाइ गरिएको छ ।

यसअघि तोकिएको पेसीका दिन यो मुद्दा विदामा बसेका न्यायाधीशको इजलासमा परेपछि स्थगित भएको थियो । मुद्दाकै कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टिममा परे पनि उनी चीन जाने नजाने टुंगो लागेको छैन । यसअघिको सुनुवाइमा जिल्ला अदालतले पीडित बालिकाकी आमाको जन्म मिति मगाउने आदेश गरेको थियो । एक नाबालिग किशोरीलाई होटेलमा लगेर बलात्कार गरेको आरोप लामिछानेमाथि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>