क्रिकेट

क्यानको उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा खड्का निर्विरोध निर्वाचित

Banner

काठमाडौँ, असोज ६–

नेपाल क्रिकेट संघ (क्यान) को उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

आज भएको मनोनयन दर्ताको क्रममा उपाध्यक्ष र कोषाध्यक्षमा सिंह र खड्काको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्ष रोशन यसअघि कोषाध्यक्षमा थिए । पदम खड्का यसअघि क्यानका केन्द्रिय सदस्य र वर्तमान कर्णाली प्रदेशका अध्यक्ष समेत हुन् ।

यस्तै अध्यक्ष चन्दसहित चार पदमा निर्विरोध रुपमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनको विरुद्धमा बर्दिया क्रिकेट संघका विनयराज भण्डारी उठ्ने घोषणा गरेका थिए । मनोनयन समयमा उनले प्रस्तावक र समर्थक दुबै नपाएपछि उनी पछि हटेका हुन् । त्यस्तै महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएकी छिन् ।

सचिव पदमा चन्द प्यानलबाट पारस खड्का र पूर्वकन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने भएका छन् । दुबैले उम्मेद्धवारी दर्ता गरेका छन् । क्यानको चुनावमा कुल ८५ मत छ । प्रमुख पद जित्न ४४ मत आवश्यक पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>