समाचार

भारतीय टिभी आजतकले बनायो समाचार वाचिकाको एआई अवतार

Banner

काठमाण्डौँ, असोज ३
भारतीय समाचार च्यानल आजतकले समाचार बाचिकाको एआई अवतार सार्वजनिक गरेको छ । मंगलबार च्यानलले सामाजिक सञ्जाल एक्समार्फत अञ्जना ओम कश्यप नाम भएकी समाचार वाचिकाको एआई संस्करण सार्वजनिक गरेको हो ।

एक्समा सार्वजनिक भिडिओमा वास्तविक अञ्जना ओम काश्यप र उनको एआई अवतार अञ्जना ओम कश्यप २.० देख्न सकिन्छ । जहाँ वास्तविक काश्यप फिल्डमा रिपोर्टिङ गरिरहेकी देखिन्छिन् भने एआई अवतार स्टुडियोबाट प्रश्न गरिरहेको देखिन्छ ।

भिडिओमा काश्यपले टेलिभिजन समाचार उद्योगमा यस्तो परीक्षण पहिलो पटक गर्न लागेको दाबी समेत गरेकी छिन् । “यदि कसैले पहिलो पटक वास्तविक समाचार वाचिकाको एआई अवतार सार्वजनिक गरेको छ भने त्यो मेरो हो,” काश्यपले भनेकी छिन्, “यसमा म खुसी छु ।”

निर्वाचनको समय आइरहेको र त्यस्तो बेला आफू फिल्डमा बढी खटिनुपर्ने भएकाले आफ्नै स्वरूपको साथी चाहिएको उनले उल्लेख गरेकी छिन् । यस्तो बेला आफ्नै स्वरूपको एआई अवतार स्टुडियोमा भए आफूलाई फिल्डमा खटिएर काम गर्न सहज हुने र उपलब्धिमूलक काम हुने उनको विश्वास छ ।
“अब म एकै समयमा फिल्डमा रिपोर्टिङ गरिरहेकी हुन्छु भने स्टुडियोमा समाचार वाचन पनि गरिरहेकी हुन्छु,” उनले भनेकी छिन्, “आफ्ना विविध कामका लागि अञ्जना २.० ले सहयोग गर्नेछिन् भन्नेमा म विश्वस्त छु ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>