Breaking News
चितवनको अधिकतम तापक्रम ४० डिग्री पुग्दा भैरहवाको ४३.६
०

चितवन, वैशाख ९-
चितवन लगायत देशभरि दैनिक गर्मी बढ्दै गएको छ । चितवन, नवलपुर, नेपालगञ्ज, दाङ, भैरहवा लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको हो ।
भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांक अनुसार आज (आइतबार ) बिहान १०ः४५ बजे जिल्लाको तापक्रम ३५ डिग्री सेल्सियस मापन हुँदा हिजो (शनिबार) को ४० डिग्री सेल्सियस पुगेको थियो ।
त्यस्तै हिजो रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको थियो । भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । शुक्रबारपनि भैरहवाको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो ।
यसैगरी धनगढीमा ४०.६ र नेपालगञ्जमा ४०.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ ।