देश/प्रदेश

छोरीको घर गएकी आमाको भिरबाट लडेर मृत्यु

Banner

मकवानपुर, असोज ३-

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ ठूलोटारस्थित छोरीको घरमा आएकी आमा लडेर मृत्यु भएको छ । छोरीको घरमा गएकी ९१ वर्षीया पुतलीमाया घलानको भिरबाट लडेर मृत्यु भएको हो ।

पुतलीमायाको छोरीको घरनजिकै भिरबाट करिब २०० मिटर तल खसेर मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पुतलीमाया छोरीको घरबाट हराएको भनेर भदौ ३१ गते नै प्रहरी चौकी सिस्नेरीमा निवेदन आएपनि उनी भदौ ३० गतेदेखि हराएकी थिइन्। त्यस्तै खोजी गर्ने क्रममा आफन्तबाट पुतलीमायाको भिरबाट लडेर मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। तर, प्रहरी पुगेर पनि उनको शव निकाल्न सकिएको छैन।

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>