समाचार

राप्तीका मेयर सल्लाहारकार वडा सदस्य कुटेको आरोपमा पक्राउ

Banner

चितवन , भदौ २७-

राप्ती नगरपालिकाका वडा नम्बर १० का वडा सदस्य मानकुमार चेपाङलाई कुटपिट तथा अभद्र गरेको आरोपमा राम सेढाई पक्राउ परेका छन् । राप्ती नगरपालिका वडा नम्बर ६ निवासी राम सेढाईले सोमबार अपरान्ह राप्ती ५ स्थित भण्डारा अस्पताल रोडमा कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै वडा सदस्य चेपाङले जाहेरी दिएपछि सेढाई पक्राउ परेका हुन् ।

पक्राउ परेका सेढाई राप्ती नगरपालिकाका नगर प्रमुखका सल्लाहकार तथा नेकपा एकीकृत समाजवादी राप्तीका नेता समेत हुन् । मंगलबार पक्राउ परेका सेढाईलाई अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान भइरहेकोले प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय चितवनबाट १० दिनको म्याद लिइएको प्रहरीले जनाएको छ । लेनदेनको विषयलाई लिएर आफुमाथी कुटपिट तथा अभद्र व्यवहार भएको पिडित वडा सदस्य चेपाङले बताए ।

यता पक्राउ परेका सेढाईले घटना घटेको बेलुका सामाजिक संजालमा जनप्रतिनिधिले विकास निर्माणको काम गर्दा रकम मागेको आरोप लगाएका छन् । वडा सदस्य चेपाङले ६० हजार मागेकोमा २० हजार दिदा विवाद भएको र सोही क्रममा धकला धकेल भएको भन्दै सेढाईले सामाजिक संजालमा लेखेका थिए । कुटपिट तथा अभद्र व्यवहार भएको भन्दै नेपाली काङ्ग्रेस राप्ती नगर समिती र राप्ती नगरपालिकाको उप प्रमुख देवेन्द्र लामाको सचिवालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>