अन्तर्राष्ट्रिय

चीनमा प्रतिबन्धको रिपोर्टपछि एप्पललाई ठुलो झट्का, २ सय बिलियन डलरले मूल्यमा गिरावट

Banner

बेइजिङ, भदौ २२- 

चिनियाँ सरकारी कर्मचारीलाई आईफोन प्रयोगमा प्रतिबन्ध लगाउने रिपोर्ट सार्वजनिक भएपछि एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट देखिएको छ । पछिल्ला दुई दिनमा कम्पनीको बजार मूल्य ६ प्रतिशतभन्दा बढी अर्थात् २ खर्ब डलर (२०० बिलियन डलर) ले घटेको हो । चीन एप्पलको तेस्रो ठुलो बजार हो । गत वर्ष कूल आम्दानीको १८ प्रतिशत हिस्सा चीनले ओगटेको थियो ।

त्यस्तै, चीनमा नै फक्सकनबाट एप्पलका धेरै उत्पादनहरू निर्माण गरिन्छन् । बुधबार वाल स्ट्रिटमा प्रकाशित रिपोर्टमा बेइजिङले केन्द्रीय सरकारी एजेन्सीका अधिकारीहरूलाई काममा आईफोन प्रयोग नगर्न निर्देशन जारी गरेको उल्लेख गरिएको थियो ।

त्यसको भोलिपल्ट ब्लुम्बर्गले यो प्रतिबन्ध राज्यद्वारा सञ्चालित कम्पनी र एजेन्सीका कर्मचारीमा पनि लागू हुने बताएको थियो ।

१२ सेप्टेम्बरमा आईफोन १५ लञ्च हुनअघि यी रिपोर्टहरू प्रकाशित भएका हुन् । चिनियाँ सरकारले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन । २८ खर्ब डलर (२.८ ट्रिलियन डलर) सहित एप्पल विश्वकै सबैभन्दा धेरै बजार मूल्य भएको कम्पनी हो । मूल्यमा गिरावटबारे प्रतिक्रिया माग गर्दा कम्पनीले तत्कालै कुनै जवाफ नदिएको बीबीसीले जनाएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>