राजनीति
सरकारको लक्ष्य प्राप्तीको अभियानमा कार्मचारीको साथ र सहयोग महत्वपूर्ण छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ,भदौ २२-
प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले सरकारको काममा कर्मचारी प्रशासनको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। २० औँ निजामती सेवा दिवसका अवसरमा शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारको काममा कर्मचारी प्रशासनको साथ र सहयोग आवश्यक रहेको बताएका हुन् ।
उनले मुलुकको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र सामाजिक न्यायको पक्षमा सरकारको काम गरिहेको बताए। ‘सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकारले काम गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको यो लक्ष्य प्राप्तीको अभियानमा कार्मचारीको साथ र सहयोग महत्वपूर्ण छ।’
संघीय निजामति सेवा विधेयक छिट्टै संसदबाट पारित हुने विश्वास पनि उनले व्यक्त गरे। सबै दलको सहमतिमा चाँडै संसदबाट विधेयक पारित हुने प्रचण्डले बताए।
मुलुकको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र सामाजिक न्यायको पक्षमा सरकारको काम गरिहेको भन्दै प्रचण्डले यसमा यसमा कर्मचारीको सम्पूर्ण साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए।



























