Breaking News

एनपीएलः पहिलो खेलमा काठमाडौँ र जनकपुर भिड्दै, साँझ कर्णाली र बिराटनगर भिड्ने

०
Banner

काठमाडौं, कार्तिक १२–

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् ।

पहिलो खेल दिउँसो १२ः३० बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो।

जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

विराटनगर र कर्णाली दोस्रो खेल खेल्दैछन्।

यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो।

विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन चाहन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>