समाचार

आईफोन १५ सार्वजनिक हुँदै गर्दा चीनले लगायो सरकारी कार्यालयमा एप्पलमाथि प्रतिबन्ध

Banner

काठमाडौं, भदौ २१-
चीन सरकारले केन्द्रिय सरकारी निकायका अधिकारीलाई एप्पलको आईफोन लगायत विदेशी ब्रान्डका डिभाइस प्रयोग नगर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम वाल स्ट्रिट जर्नलले बुधवार चिनियाँ सरकारको यो निर्णयसँगै कार्यालयमा कार्यरत कर्मचारीलाई आईफोन नल्याउन र सरकारी कामका लागि सो ब्रान्डको फोन प्रयोग नगर्न कार्यलय प्रमुखबाट निर्देशन गएको बताएको छ ।

यद्यपि कति ठाउँमा कसरी एप्पल लगायत अन्य विदेशी ब्रान्डका डिभाइसमा प्रतिबन्ध लागेको हो भन्ने स्पष्ट छैन । एप्पलका लागि चीन सबैभन्दा ठूलो बजार हो । आईफोन १५ सार्वजनिक गर्ने तरखरमा रहेको एप्पललाई चिनियाँ सरकारको नयाँ नीतिले प्रभावित पार्ने विश्लेषणहरूले जनाएका छन् । विभिन्न रिपोर्टका अनुसार एप्पलले कूल आम्दानीको २० प्रतिशत आम्दानी चिनियाँ बजारबाट हुँदै आएको छ ।

चिनियाँ सरकारले स्थानीय ब्रान्डलाई प्रोत्साहन गर्न पनि यस्तो नीति अवलम्बन गरेको बताइएको छ । चिनियाँ स्मार्टफोनको सबैभन्दा ठूलो ब्रान्ड ह्वावेले हालै स्याटलाइट कनेक्टिभिटीमा आधारित ह्वावे मेट ६० प्रो सार्वजनिक गरेको थियो । केही रिपोर्टले ह्वावेले यो फोन सार्वजनिक भएसँगै चिनियाँ सरकारले एप्पलमाथि प्रतिबन्ध लगाएको उल्लेख गरेका छन् ।

ह्वावेलाई अमेरिकामा प्रतिबन्ध लगाइएको छ । त्यसैले पनि मेट ५० प्रो सार्वजनिक भएसँगै चिनियाँ सरकारले यस्तो नीति ल्याएको हुनसक्ने अपेक्षा गरिएको छ । अमेरिकाले ह्वावे बाहेक चिनियाँ कम्पनी बाइटडान्सले तयार पारेको टिकटकमाथि पनि प्रतिबन्ध लगाउने तयरी गरेको छ । अमेरिकाको मन्टोना राज्यले टिकटकमाथि यसअघि नै प्रतिबन्ध लगाइ सकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>