राजनीति
हिक्मत कार्की भने ‘कांग्रेससँग सहकार्य गर्ने चाहना छ’

काठमाण्डौँ,भदौ २१-
कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले काग्रेससंग सहकार्य गर्ने बताएका छन् । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएसंगै कार्कीले यस्तो बताएका हुन् ।
‘विगतदेखि नै हाम्रो राजनीतिमा कतिपय विषय र विवादबारे अदालतले व्याख्या गरिदिनुपर्ने अवस्था आएको नै छ । त्यसैले अब आगामी दिनमा यस्तो नहोस् भन्नका लागि हामी दलहरुले नै संविधानका धाराहरु मिच्ने अभ्यासहरु सच्याउनुपर्छ भन्ने सन्देश पनि यो फैसलामा प्राप्त छ,’ उनले भने
उनले अदालतका निर्णयलाई स्वागत गरेका छन् । अब १६८ (३) अनुसार सरकार बनाउने उनले बताए ।
प्रदेशसभामा कसैको पनि स्पष्ट बहुमत नहुने भएकाले चुनौती छ । जसकारण सबै दलसँग सहकार्यको प्रस्ताव गर्ने उनले बताए । खासगरी अहिले राष्ट्रिय राजनीतिको माग नै कांग्रेस र एमालेबीच सहमति बन्नुपर्छ भन्ने रहेको उनले बताए । माओवादी भन्दा कांग्रेस प्राथमिकतामा पर्ने उनको भनाई छ ।



























