राजनीति
एउटै मन्त्रीले ४/५ वटा सरकारी गाडी लिएका छन्ः अमरेशकुमार सिंह
०

काठमाडौं, भदौ २१-
प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एकै मन्त्रीले ४र५ वटा सरकारी गाडी लिएको बताएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले सरकारी गाडी दुरूपयोग भइरहेको बताए।
‘यहाँ केही मन्त्रीजीहरू पनि हुनुहुन्छ। मन्त्रीलाई सरकारको सुविधा एउटा गाडी पाउने हो,’ उनले भने, ‘तर कुनै मन्त्रीजीको ४र५ वटा गाडी छ।’
औपचारिक कार्यक्रमका लागि कार, निर्वाचन क्षेत्रमा जान जिप, श्रीमतीलाई र आफन्तलाई गरी चार वटा गाडी लिने गरेको सिंहले दाबी गरे। यतिमात्र होइन, मन्त्रीका स्वकीय सचिवले पनि सरकारी गाडी चढ्ने गरेको उनले बताए।
‘यो लुटतन्त्र हो,’ उनले सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘कुन हैसियतको मानिसले कसरी सरकारी गाडी चढिरहेको छरु’ भागबन्डामा सुशासन नहुने पनि उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























