राजनीति

गृहमन्त्रीले राजीनामा दिनुपर्छः तरूण दलका अध्यक्ष गुरूङ

Banner

काठमाडौं, भदौ २१-

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो भएको भेलामा अध्यक्ष विद्वान गुरूङले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन्।

तरूण दलका पूर्वअध्यक्ष समेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने श्याम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुरक्षा दिन नसकेको भन्दै तरूण दलले गृहमन्त्रीको राजीनामा मागेको हो।

‘शुक्रबार दिउँसो १ बजे शान्ति बाटिका रत्नपार्कमा उपस्थित भएर विरोध सभा र र्‍याली गर्ने निर्णय भएको छ,’ तरूण दलका केन्द्रीय सदस्य दिपेन्द्र पोख्रेलले भने, ‘अध्यक्ष गुरूङले भेलालाई सम्बोधन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताउनुभएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>