राजनीति
कृषि क्षेत्रको अध्ययन गर्न आरजु राणा बंगलादेश जाने
०

काठमाडौं,भदौ २१-
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति डा.आरजु राणा बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न त्यसतर्फ जाने भएकी छन्। आरजुको नेतृत्वमा अनिशा नेपाली, अम्मरबहादुर थापा, विनिता कठायत, सूर्यकुमारी श्रेष्ठ, रुपा सोसी चौधरी र उपसचिव शिवदत्त बराल बंगलादेश जाने सो समितिले निर्णय गरेको हो।
बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय पनि गरेको छ।
विषादी परीक्षण गर्दै आएको गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























