खेलकुद
श्रीलंकाबाट फर्किएर रवि भने- रंगशाला बनाउनै नसकिने होइन
०

काठमाडौँ, भदौ २०-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंकाबाट फर्किएका छन् । एसिया कपको नेपाल-भारत म्याच हेर्न र खेलाडीहरूको मनोबल बढाउन श्रीलंका पुगेका रवि आज नेपाल फर्किएका हुन् । श्रीलंकाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन् ।
उनले भने, ‘क्रिकेट रंगशाला बनाउनै नसकिने हुनै नसक्ने कुरा होइन । तर, सरकार र सरकारवालाहरू त्यतिखेर मात्रै जाग्छन् जब खेलाडीहरूले राम्रो नतिजा ल्याउँछन् । हामी हाम्रो परिधिभित्रबाट यसको विकासको लागि नीति निर्माणको तहमा छौं । हाम्रो तर्फबाट साथ छ । हामीले संसदमा पनि यो कुरा राख्छौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























