राजनीति

सीआईबीलाई छानबिन गर्दा बाटोमा ‘प्रचण्ड’ देखिएपनि नछाड्न भनेको छुः प्रधानमन्त्री

Banner

काठमाडौं, भदौ १४-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार काण्डहरुको छानबिनमा आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईवीलाई दबाब नदिएको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीमाथि आफू निकटका व्यक्तिहरुलाई जोगाएको आरोप लागेपछि प्रष्टीकरण दिएका हुन् ।

सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भने, ‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि गर्दाजाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु । यो कुरा मैले गहिरोगरी सबैलाई विचार गर्न अनुरोध गर्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>