राजनीति

अबको राजनीति युवाको पक्षमा ल्याउनुपर्छ, हामी त बुढो भइसक्यौँ, कहिले ढल्छौँ थाहा छैनः शशांक कोइराला

Banner

काठमाडौं,भदौ १२-

नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले आगामी राजनीति युवाको पक्षमा ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका हुन् । आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै उनले राजनीतिमा युवाको आवश्यकता औँल्याए । सभापतिको उमेदवार बन्नेबारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले साथीहरुसँग कुरा गरेर मात्रै निर्णय गर्ने बताए ।

“भोलिको राजनीति भनेको युवाहरुको पक्षमा ल्याउनुपर्छ । हामी त बुढो भइसक्यौँ, कहिले ढल्छौँ थाहा छैन,” उनले भने, “म सबभन्दा पहिले साथीहरुसँग कुरा गर्छु । उनीहरुको चाहना के हो?  मैले मात्रै चाहेर त भएन नि । उनीहरुको चाहना हेर्छु । अनि त्यसपछि निर्णय गर्छु ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>