राजनीति
संसदमा गणपूरक संख्या पुगेन, बैठक स्थगित
०

काठमाडौं,भदौ १२-
प्रतिनिधिसभा बैठकमा मंगलबार केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० को सैद्धान्तिक छलफल निणयार्थ प्रस्तुत गरिएन । गणपूरक संख्या नपुगेकाले विधेयक निणयार्थ प्रस्तुत नगरिएको हो ।
बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफल गरिएको थियो । सैद्धान्तिक छलफल निणयार्थ प्रस्तुत गर्ने समयमा सांसदहरूले नियमापत्ति गर्दै गणपूरक संख्याको विषय उठाएका थिए । सभामुखको निर्देशनपश्चात् तीन मिनेट घण्टी बजाएर संख्या गणना गर्दा ५९ रहेको पाइएको थियो ।
संविधानानुसार कुल सदस्य संख्याको एकचौथाइ अर्थात् ६९ सांसदको उपस्थिति नभइ कुनै पनि निर्णय वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न पाइँदैन । नेपालको संविधानको धारा ९४ मा उक्त व्यवस्था छ । त्यसपछि आजको बैठक स्थगित गरियो । अर्को बैठक यही भदौ १८ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























