चितवन विशेष

गठबन्धन परिवर्तन गर्ने हाम्रो मनसाय छैनः नेता रिजाल

Banner
चितवन, भदौ १२- 
नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताउनु भएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताउनु भएको हो ।
कांग्रेसका आधारभूत मूल्य र मान्यताभन्दा बाहिर नगएसम्म सरकारले कांग्रेसबाट चिन्ता गर्न नपर्ने नेता रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसको पूर्ण समर्थन सरकारलाई छ, त्यो मूल्य र मान्यताभन्दा बाहिर जाने हो भने कांग्रेसको जुन नेतालाई फकाए पनि गठबन्धन टिक्दैन ।” कांग्रेसका केही आधारभूत मूल्य र मान्यता भएको भन्दै उहाँले त्यो आधारभूत मूल्य र मान्यताभन्दा बाहिरबाट सहयोग खोज्न नहुने बताउनुभयो ।
सरकारको सबैभन्दा ठूलो पार्टी कांग्रेस रहेको भन्दै उहाँले थप्नुभयो, “कांग्रेस चाहिँ टाउकोमुनि मात्रै देखिने, अरूको अनुहार देखिने सरकार हुन सक्दैन ।” नेपाली कांग्रेसले भ्रष्टाचारका विषय लुकाउनु पर्छ भनेर कहीँ नबोलेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “केन्द्रीय समितिको बैठकमा समेत यो विषयमा निर्णय गरेका छौं ।” भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै पनि किसिमको दबाब नदिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अनुमानको भरमा कसैलाई आरोप लगाएर हिँड्नु हुँदैन । कांग्रेस पार्टीले निर्णय नै गरेको छ ।”
सरकारको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस भएको दोहो¥याउँदै उहाँले भन्नुभयो, “कांग्रेसले नचाहँदा न सरकार रहन्छ, न कुनै काम अघि बढ्न सक्छ । कांग्रेसको चाहना विपरीत भयो भन्नु झुट्टा प्रचार हो ।”
कांग्रेस पार्टीका जुनसुकै पदमा भएको व्यक्ति भए पनि छानबिनको दायरामा आउने बताउँदै उहाँले प्रश्न गर्नुभयो, “अर्को पार्टीको मान्छे खोई त रु मान्छेको हैसियत, कद हेरेर जोगाउने काम भएको छ भने जोगाउने काम अर्को पार्टीले गरिरहेको छ । कांग्रेस त्यता लागेको छैन ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>