राजनीति
हाम्रो नेताहरूलाई प्रमाण नै नहुँदा पनि जेलमा राखियोः कांग्रेसकी सांसद चौधरी

काठमाडौं,भदौ १२-
नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले संसदमा नेपाली कांग्रेसका नेताहरूमाथि प्रमण नपुगिकनै जेलमा राखिएको भनेर असन्तुष्टि व्यक्त गरेकी छन् । मंगलबार संसदको विशेष समयमा बोल्दै उनले कांग्रेसका नेताहरूमाथि प्रमण नपुगिकनै जेलमा राखिएको भनेर असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उनले अरू पार्टीका नेताको प्रमण पुग्दा पनि कारवाही नगरेको, तर कांग्रेस नेतालाई प्रमाण नपुग्दा पनि पक्राउ गरिएको बताइन् ।
‘भ्रष्टाचार नै नगरी, मिडियाको भरमा, रेकर्डको भरमा, फेक न्यूजको भरमा हाम्रो कांग्रेसका नेताहरूमाथि कारवाही हुने, अरूको प्रमाणसहित हुँदा पनि दुधले धोएर, चोख्याएर घरमा राख्ने रु,’ सांसद चौधरीले प्रश्न गरिन्, ‘हाम्रो नेताहरूलाई प्रमाण नै नहुँदा पनि जेलमा राख्ने रु’
उनले संसदमा आफूलाई पीएचडी गरेको भन्ने माननीय संसदले लुगा फुकाल्दै बोल्ने, महिलाको चरित्र हत्या गर्ने काम भएको तर कांग्र्रेसको माननीयलाई मात्रै कारवाही भएको बताइन् ।
।



























