राजनीति

सरकारले डेंगु रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्नुपर्छः नेता कार्की

Banner

काठमाडौँ, भदौ १२-

सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

डेंगु रोगबाट गृह जिल्ला सुनसरीमा मात्रै १४ हजार २६५ जना सङ्क्रमित भएको पछिल्लो तथ्याङ्क प्रस्तुत गर्दै उनले त्यसको उपचारका लागि विशेष अस्पताल र औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले देशभर भयावह रूपमा फैलिएको यो रोगबाट उपचारको अभावमा कुनै पनि नागरिकको ज्यान जान नदिन सरकार सचेत भएर लाग्नुपर्ने आवश्यकता समेत औँल्याए ।

सांसद कार्कीले डेंगु रोग नियन्त्रणका लागि पनि प्रभावकारी कदम चाल्न सरकारलाई सचेत गराए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>