देश/प्रदेश

नेपाली सेनाका गुल्मपति विमल पण्डित सम्पर्कविहीन

Banner

काठमाडौँ, भदौं ११-

डोल्पाका नेपाली सेनाका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

डोल्पा सदरमुकामस्थित नन्दबक्सका गुल्मपति उनी दिउँसो ४ः५५ बजेतिर ब्यारेकबाट निस्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए । काठमाडौंको कागेश्वरी मनोहरा डाँछी घर भएका उनी ब्यारेकबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोटमा देखिएका थिए । त्यसपछि सम्पर्कविहीन रहेको डीएसपी बुढाथोकीले जानकारी दिए ।

‘उहाँ हिजो अपराह्न ब्यारेकबाट निस्कनुभएको रहेछ । साँझतिर त्रिपुराकोटमा देखिनुभएको भन्ने जानकारी छ । नेपाली सेना, प्रहरी सबै मिलेर खोजी गरिरहेका छौं । सम्पर्कमा आउनुभएको छैन,’ डिएसपी बुढाथोकीले भने ।

सेनानी पण्डित सम्पर्कविहीन भएको नेपाली सेनाका प्रवक्ता सहायक रथि कृष्णप्रसाद भण्डारीले पनि पुष्टी गरे। ‘सदरमुकाम सुरक्षार्थ रहेको गुल्मका गुल्मपति सेनानी विमल पण्डित हिजो ४ः५५ बजे ब्यारेकबाट निस्कनुभएको रहेछ,’ सैनिक प्रवक्ता भण्डारीले सेतोपाटीसँग भने, ‘ब्यारेकबाट बाहिर निस्कँदा उहाँसँग एकजना साथी पनि हुनुहुन्थ्यो। पछि ती साथीलाई फर्काइदिनु भएछ। अहिलेसम्म नफर्कनु भएपछि खोजी कार्य भइरहेको छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>