चितवन विशेष

कविता लेखनको ५० वर्षमा चितवनका अग्रज साहित्यकार विरहीको नयाँ पुस्तक ‘प्रतिरोधको लय’

Banner

चितवन, भदौं १०-

चितवनका अग्रज साहित्यकार रेशम विरहीले आफ्नो कविता लेखन यात्राको ५० वर्षमा नयाँ कविता सङ्ग्रह ‘प्रतिरोधको लय’ सार्वजनिक गर्दै छन् ।

५० वटा कविता सङ्ग्रहित कविता सङ्ग्रहलाई इन्डिगो इन्कले सार्वजनिक गर्न लागेको हो ।

यसै महिनाको अन्त्यमा बजारमा आउने कविता सङ्ग्रहले सामाजिक संरचनामा अस्वभाविक विवेद, प्रतिरोधको आवाजलाई आफ्नो कविता संग्रहमार्फत् अभिव्यक्त गरेका छन् । उनको यो १३ औं कृति हो ।

गितानगरको अरुणोदय विद्यालयमा पढ्दादेखिनै कविता लेख्न थालेका विरही कविता, निबन्ध र उपन्यास विद्यामा उत्तिकै कलम चलाउँछन् । बिरहीको आगामी फागुनमा नयाँ उपन्यास प्रकाशन गर्ने तयारी छ । गोर्खा जिल्लामा जन्मिए पनि चितवन, नेपालगन्ज, काठमाडौँमा लगायत क्षेत्रमा यायावरीय जीवन बिताएका विरही साहित्य मात्र नभएर पत्रकारिता क्षेत्रमा चिरपरिचित छन् । क्यान्सरसँगको पैठजोरीमा समेत जित हासिल गरेका विरहीले ‘देब्रे आँखा’ (२०७२) र ‘सत्ता र स्वप्नदोष’ (२०७७) दुई निबन्ध सङ्ग्रह र ‘प्रेमदासको डायरी’ (उपन्यास) गरी एक दर्जन बढी पुस्तक लेखेका छन् । यो उमेरमा पनि यसरी लेखनमा सक्रिय हुनुको रहस्य उनले आफ्नो इच्छाशक्तिलाई मान्ने गर्छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>