राजनीति
एकीकृत समाजवादीका सुर्खेत अध्यक्षसहित ६५ जना फर्किए एमालेमा
०

सुर्खेत, भदौ ६-
नेकपा (एकीकृत समाजवादी)सुर्खेतका अध्यक्ष मोहन बडुवाल नेकपा एमालेमा फर्किएका छन्। बुधबार उनीसहित ६५ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका हुन्।
उनीहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन्। एमालेमा फर्किनेहरूमा बडुवाल नेतृत्वको नेकपा (एस) जिल्ला कमिटीका धेरैजसो पदाधिकारीहरू पनि रहेका छन्।
बडुवाल एमाले र माओवादी मिलेर बनेको नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिव थिए। नेकपा एमाले विभाजन हुँदा उनी माधव नेपालको नेतृत्व पक्षमा उभिएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























