खेलकुद

भरतपुरमा एक हप्ते भलिबल रेफ्री तालिम सकियो

Banner

चितवन, भदौ ६-

भरतपुरमा एक हप्ते आधारभूत भलिबल रेफ्री तालिम सकिएको छ ।

जिल्ला भलिबल संघ चितवन र भलिबल रेफ्री कमिसन चितवनको संयुक्त आयोजनामा गत साउन ३२ गतेबाट सुरु भएको तालिम आज सकिएको हो ।

तामिलको समापन गर्दे भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले इतिहासका कुनै पनि कालखण्डमा नेपाली खेलाडीहरुले नेपाललाई विश्व सामु चिनाएको कुरालाई भुल्न नहुने पनि स्मरण गरे । उनले खेलाडी राष्ट्रको शान र पहिचान भएको बताएका छन् । विश्वमा नेपाल र नेपालीको पहिचान स्थापित भएको छ भने त्यो अरु कारणबाट नभई खेलाडीहरु कै कारणबाट भएको उनले प्रष्ट पारे ।

‘खेलमा अनुशासन र मेहनत जरुरी छ’ ,उपमेयर अधिकारीले भने, ‘हाम्रो पहिचानको रुपमा रहेको भलिबल खेललाई विकास गर्न खेलाडी र रेफ्रीहरु अनुशासित हुनुपर्छ । प्रशिक्षार्थीहरूले कोर्सबाट सिकेको कुरा व्यवहारमा उतार्न सके मात्रै यस्ता खालका तालिमहरुले सार्थकता पाउने छ ।’ उनले नेपालमा खेलकुद क्षेत्रमा भइरहेको पक्षपातले सही र योग्य मान्छे अवसरबाट बञ्चित भइरहेको हुँदा सबैले समान अवसर पाउने खालको व्यवस्था बनाउन आवश्यक रहेको समेत उल्लेख गरे ।

भलिबल खेलाडिलाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गदै उपमेयर अधिकारीले खेललाई थप उत्साहित बनाउन भलिबल खेलका लागि आवश्यक रेफ्री उत्पादन गर्न तालिमको आयोजना गरीएको हुँदा यसको सही ठाउँमा सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाइ आग्रहसमेत गरे । तालिममा ४२ जना प्रशिक्षार्थी सहभागी भएका थिए । सहभागी प्रशिक्षार्थीहरुलाइ नगर उपमेयर अधिकारीले प्रमाणपत्र र रेफ्री लाइसेन्स प्रदान गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>