राजनीति
शीर्ष नेताहरूको बैठकमा दुईबुँदे सहमति भएपछि गिरीले भने- अब सदन खुल्छ
०

काठमाडौं,भदौ ६-
नेकपा (एमाले)का प्रमुख सचेत पदम गिरीले अब सदन खुल्ने बताएका छन् । सिंहदरबारमा शीर्ष नेताहरूको बैठकमा दुईबुँदे सहमति भएपछि उनले सदन चल्ने बताए ।
“सदन खु्ल्छ । स्मुथली जान्छ । राम्रो कुरा भयो नि । हामीले तस्करी अन्त्य गर्ने, तस्करीलाई कारबाही गर्ने सुनिश्चितता हुने र भविष्यमा यस्ता समस्या नआउन भनेर जिम्मेवारी साथ विषय उठाएका थियौं ,” उनले भने ।
उनले तथ्य, प्रमाणले भेटेसम्म जुनसुकै तहका व्यक्ति, जुनसुकै दलका नेतालाई कारबाही गर्न अहिलेको निर्णयले सहयोग गर्ने उनको भनाइ छ । आजै प्रतिनिधिसभा बैठक बस्दै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























