चितवन विशेष

चितवनका नुनवीर फोनिक्स साइकलमा नै मुक्तिनाथ पुगे

Banner

चितवन, साउन २७-

चितवन माडीका नुनवीर विश्वकर्मा साइकल यात्रामा मुक्तिनाथ पुगेका छन् ।

१३ दिनसम्म साइकल यात्रा गरी उनी प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुगेका हुन् ।

माडीको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारसहित सन्देश फैलाउने उद्देश्यले साइकलयात्रा सुरु गरेका थिए । करिब १५ वर्षदेखि साइकले चढ्दै आएका उनले फोनिक्स साइकल चढेर नै मुक्तिनाथ पुग्दा बाटोमा दुःख बिर्सिएको र आनन्द महसुस गरेको बताएका छन् । उनले गत साउन १४ गते माडीका विभिन्न पर्यटकीय एवम् धार्मिक स्थलहरूको झण्डा सहित माडीको कल्याणपुरबाट यात्रा सुरु गरेका थिए । मुक्तिनाथबाट उनी लुम्बिनीतिर लाग्ने जनाइएको छ ।

 

 

 

 

 

 

फोटो: स्वदेश एफएम

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>