देश/प्रदेश

बागमतीमा पानीको सतहले खतरा तह पार गयो, सतर्क रहन आग्रह

Banner

 जनकपुरधाम,साउन २३-

सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती र लालबकैया नदीको बाढीले खतराको तह पार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएको छ । उनले बागमती र लालबकैया त्यस आसपास बस्ने स्थानीवासीहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेको छ ।

उनका अनुसार जिल्लामा अहिलेसम्म बाँध भत्केको अथवा डुबानमा परेको अवस्था छैन । तर पनि वृन्दावन नगरपालिका वडा नं।१ मा बागमती खोलाको स्थान ठुलो रहेकोले त्यस आसपासका स्थानीयहरू प्रभावित भएको जानकारी आएको उनले जनाएको छ ।

उनले त्यस आसपास तट्बन्ध खोला पट्टी घर बनाएर १५-२० जना बसिरहेको छ । उनीहरू डुबानमा पर्ने बुझिएकोले त्यहाँ उद्धार टोली पठाइएको प्रजिअ मिश्रले जनाएको छ । ‘अहिले म फिल्डमै छु,’ उनले भने, प्रभावित क्षेत्रहरूमा निरीक्षण गर्दैछु ।’

यता बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार बाग्मतीको पधेंरादोभान ९कर्मैया० जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । बाढीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बागमतीमा नदीमा पानीको सतह बढेपछि ब्यारेजको ३५ वटै ढोका खोलिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार बागमती नदीमा खतराको तह ६.८ मिटर पार गरेर ७.८१ मिटर पुगेको र अझै बाढी बढिरहेको देखाएको छ । तर, अहिलेसम्म जिल्लामा बाढीले खासै क्षति भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>