समाचार

निर्माण व्यवसायीलाई तत्कालै दिन सक्ने बजेट छैनः अर्थमन्त्री महत

Banner

काठमाडौं, साउन २०-
अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट अभावका कारण निर्माण व्यवसायीले गरेका कामको भुक्तानी गर्न कठिन रहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल अडिटर्स एशोसिएशन (अडान) ले आयोजना गरेको कार्यक्रममा उनले स्रोतको अभावका कारण निर्माण व्यवसायीको माग पूरा गर्न नसक्ने बताएका हुन् ।

आफूहरुले गरिसकेको कामको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । तर, अर्थमन्त्री महतले विगतमा स्रोत सुनिश्चित नभईकन ठेक्का लगाइएका कारण अहिले समस्या भएको बताए । ‘ठेक्का लाग्यो काम थाल्यो, स्रोत छैन । त्यसले पनि अहिले निर्माण व्यवसायीदेखि लिएर त्यहाँ समस्याहरु दायित्वहरु सिर्जना हुँदै गयो, त्यसलाई समाधान गर्ने ब्याकअप, रिसोर्सेज छैन’ उनले भने, ‘ त्यसकारण अहिले जति पनि त्यो किसिमबाट विचार नगरी गरिएको निर्णयले ल्याएका समस्या जम्मा भएको छ । त्यसलाई फेरि सफा गर्न समय लाग्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>