राजनीति

जनयुद्धमा रगत बगाएको माओवादी नीलो बससँग डराउन पर्दैनः रहबर अन्सारी

Banner

काठमाडौं, साउन २०-

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहबर अन्सारीले लामो इतिहास र आन्दोलन बोकेको माओवादी पार्टी नयाँ आएका पार्टीसँग डराउन नहुने बताएका छन्। काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा उनले नयाँ आएका दलहरूसँग सशंकित हुनुपर्ने बताएका हुन्।

‘जनयुद्धमा रातो रगत बगाउन नडराएको माओवादी नीलो बससँग डराउन हुँदैन,’ उनले भने। चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महिलाहरूका लागि निःशुल्क बस सञ्चालन गरेका छन्। जसको नाम ब्लू बस राखिएको छ। त्यसतर्फ इंगित गर्दै उनले जनताको हक हित र अधिकारका लागि लामो संघर्ष गरेर आएको माओवादी केन्द्र डराउन नहुने बताएका हुन्।

तर, पार्टीलाई रूपान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ। ‘पार्टी नोकिया फोन जस्तो भयो, तर जमाना स्मार्ट फोनको आयो,’उनले भने। जमानत जफत भएकाहरूको पनि कमिटी बनाउनुपर्ने उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>