राजनीति

हामीलाई पुरानो प्रचण्ड हेर्न मन छः नेता सरल सहयात्री

Banner

काठमाडौं, साउन २०-

नेकपा माओवादी केन्द्रका नेता सरल सहयात्री पौडेलले पार्टी बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ भनेर प्रश्न उठाएका छन्। काठमाडौंमा जारी चौंथो केन्द्रीय कमिटीको चौंथो दिनको बैठकमा नेताहरु जिल्ला नगएको भन्ने केन्द्रीय सदस्यहरु प्रति लक्षित गर्दै पौडेलले यस्तो प्रश्न उठाएका हुन्।

पौडेल माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष समेत हुन्। उनले अहिले माओवादी सफल कि अवशानको चुनौतिपूर्ण मोडमा रहेको बताए।

‘आशा र सपना मरेपछि जागरण पनि मर्दो रहेछ,’ बैठकमा पौडेलले भने,‘अहिले हामी सफल र अवसानको चुनौतिपूर्ण मोडमा छौं।’

बैठकमा पौडेलले अहिले पुरानो प्रचण्ड र प्रचण्डपथ जाग्नुपर्ने बेला भएको धारणा राखे। ‘हामीलाई पुरानो प्रचण्ड जागेको हेर्न मन छ,प्रचण्डपथ जागेको हेर्न मन छ,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>