राजनीति

रुस-युक्रेन युद्धबारे ओली: साँढे जुधेको ठाउँमा हामी बाच्छो बनेर जान र कसैको पक्ष लिन हुँदैन

Banner

काठमाडौँ, साउन २०-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुस-युक्रेन युद्धमा नेपालले कसैको पक्ष लिन नहुने बताएका छन् । शनिबार नेकपा एमालेको विदेश विभागले आयोजना गरेको कार्यक्रममा उनले नेपाल सरकारले विगतमा युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेकामा आलोचना गरे ।

‘भारतलाई त्यो न्यूट्रालिटी कायम राख्नुपर्ने तर हामीले साँढे जुधेका ठाउँमा बाच्छो बनेर जान हुँदैन थियो । न्यूट्रालिटी हाम्रो शक्ति हो । हामी शान्तिका पक्षधर हो’ उनले भने, ‘युद्ध नहोस् भन्ने कुरा भयो भने वार्ताबाट समाधान होस् भन्ने हुनुपर्छ। हामी एउटा पक्षमा लागेर, न्यूट्रालिटी गुमाएर कुराको छेस्कोले केही गर्न सक्दैनौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>