क्रिकेट
क्रिकेट टीमबाट सन्न्यास घोषणा गरेका ज्ञानेन्द्र मल्ल पुगे बेलायत
०

काठमाडौं,साउन २०-
राष्ट्रिय क्रिकेट टीमबाट सन्न्यास घोषणा गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल बेलायत पुगेका छन् । उनले शुक्रवार मात्रै सन्न्यासको घोषणा गरेका थिए ।
दोस्रो ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि उनी बेलायत गएका हुन् । अगष्ट ६ बाट हुने प्रतियोगितामा मल्ल विशेष अतिथिका रूपमा सहभागी हुँदैछन् ।
लिगको मुख्य आयोजक केटिएम ट्राभल एन्ड टुर्स रहेको छ । यस प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स गरी ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
विजेता टिमलाई २५५० पाउण्ड र दोस्रो हुनेलाई १००० पाउन्ड नगद तथा ट्रफी दिने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























