राजनीति
पार्टीबाट विद्यालय, क्याम्पस व्यवस्थापन समितिको चुनावमा भाग लिने नीति रास्वपामा छैनः मुकुल

काठमाडौं, साउन २०-
राष्ट्रिय स्वतन्त्र पार्टीको विद्यालय, क्याम्पस व्यवस्थापन समितिमा हुने दलगत चुनावमा भाग लिने नीति रहेको छैन् । रास्वपाका महामन्त्री मुकुल ढकालले मन्दिर, विद्यालय, क्याम्पस व्यवस्थापन, उपभोक्ता र टोल सुधार समिति आदिमा दलगत रूपमा हुने चुनावमा भाग लिने नीति नरहेको बताएका हुन्।
‘स्वतन्त्र रूपमा कोही लड्छ भनेर त्यसलाई रोक्ने कुरा आएन। तर, क्याम्पसमा हुने स्ववियू निर्वाचन, उपभोक्ता समिति, विद्यालय, क्याम्पस व्यवस्थापन आदिको चुनावमा पार्टीका तर्फबाट हामी सहभागी हुँदैनौं। मत पनि हाल्दैनौं,’ उनले भने।
त्यस्तै जनता क्याम्पस इटहरीको व्यवस्थापन समितिमा पार्टीलाईलाई पनि निर्वाचनमा सामेल गराएको भन्दै पार्टीले नगर सदस्य हिरामणि घिमिरेलाई सचेत गराएको छ।
सार्वजनिकरूपमा बन्ने व्यवस्थापन, उपभोक्ता र सुधार समितिहरूमा दलगत रूमा हुने चुनावमा रास्वपाले भाग नलिने नीतिविपरीत सहभागी भएको पाएपछि रास्वपाले सचेत गराएको हो।



























