राजनीति

माओवादी केन्द्रको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु

Banner

काठमाडौँ,साउन २०-

बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रको चौथो दिन बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।

आजको बैठकमा पनि झण्डै दुई सयको हाराहारीमा नाम टिपाइएकाले सदस्यहरूले बोल्ने क्रम भोलि नरोकिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । ‘दुई सय जनाले बोलिसकेपछि विचार दोहोरिन्छ भन्ने हो तर बोल्न चाहेका सबैलाई समय उपलब्ध गराइन्छ’, उनले भने, ‘यदि बोल्ने क्रम आज रोकिए आइतबार अध्यक्षज्यूले सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनुहुन्छ ।’

शुक्रबारसम्म एक सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका छन् । बैठकमा ४५८ जना सहभागी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>