राजनीति

सुन तस्करी प्रकरणको छानबिन राजश्व विभागले गरेर मात्र पुग्दैनः लामिछाने

Banner

काठमाण्डौँ, साउन १९-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजश्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताए ।

यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशीय अपराध लगायतका विषय पनि जोडिएको भन्दै उनले सो विषयमा पनि अनुसन्धान हुनुपर्ने बताए । ‘यसमा संगठित अपराध पनि जोडियो । सम्बन्धित मान्छेले कुन ढंगले, कसरी पासपोर्ट र नागरिकता प्राप्त गरेको भन्ने विषय पनि आयो । अन्तरदेशीय अपराध पनि यहाँ देखियो । मिलेमतो, संरक्षण जस्ता कयौँ कसूरहरु यसमा देखिए,’ सभापति लामिछानेले भने, ‘अनुसन्धान कसले गर्ने रु के कारणले यत्रो दिनसम्म रोकियो रु यो गम्भिर विषय भयो ।’ उनले यो प्रकरणलाई छानबिन गर्न आयोगको आवश्यकता रहेको पनि बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>