राजनीति

प्रधानमन्त्रीले मलाई ६ महिने मन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो, मैले अस्वीकार गरें: रेशम चौधरी

Banner

कैलाली, साउन १९-

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ६ महिना मन्त्री बन्न प्रस्ताव गरेपनि अस्वीकार गरेको बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टी कैलाली जिल्ला अधिवेशनमा चौधरीले भने, ‘म रिहा भएको बखत प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नुभएको थियो-  रेशमजी एउटा अध्याय समाप्त भयो, रञ्जिताजीलाई विश्राम दिएर ६ महिने मन्त्री बन्दिनुहोस्’, ‘ तर मैले रञ्जिताको दुःख देखें, यसको अधिकार रञ्जिताजी हुनुपर्छ भने उहाँलाई नै मन्त्री बनाउनुपर्छ भने ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>