देश/प्रदेश
विमानस्थल भन्सार कार्यालयको सूचनाः विदेशबाट नेपालीले कति सून ल्याउन पाउने ?
०

काठमाडौं, साउन १९-
त्रिभुवन भन्सार कार्यालयले विदेशबाट नेपालीले कति सुन ल्याउन पाउने र कति नपाउने भन्दै सूचना जारी गरेको छ । कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले महिलाको हकमा ५० ग्राम सम्मको सुनमा भन्सार तिर्नुपर्दैन भने पुरुषको हकमा २५ ग्रामसम्मको भन्सार लाग्दैन ।
एक जना व्यक्तिले थप २०० ग्रामसम्म भन्सार तिरेर ल्याउन पाउँछन् । यस्तै, गहनाको आकार मात्र दिएर बनाइएका बेरुवा अौठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नभएका गहनाको मान्यता नहुने भन्सार कार्यालयले स्पष्ट पारेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























